बागलुङको माझखर्कमा मगर दिवस मनाइँदै, भलिबलको उपाधि राशी ५० हजार
बाग्लुङ | फागुन १०, २०८१
तस्बिर फाइल
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवस मनाइने भएको छ । मगर सेवा समाज माझखर्कको आयोजनामा विविध कार्यक्रम गरेर मगर स्थापना दिवस मनाउन लागेको हो ।
मगर सेवा समाज माझखर्कका अध्यक्ष बाबुराम नाइसा मगरले ४३ औं मगर स्थापना दिवसको अवसरमा फागुन ११ देखि १५ गतेसम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए ।
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, तृतीय हुने समूहले १४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमका लागि ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।
यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछने । खुल्ला धनुषवाण प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।

यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुनेले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा एक जनाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ ।
पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रका नयाँ संरचना अनुसार वडास्तरीय हुने प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भन्दा बाहिरका टिम सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

